Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलाली इन्चार्ज नारदमुनि राना एकल सिफारिस

  • कैलाली दर्पण
  • आइतवार, भदौ १९, २०७९
कैलाली  इन्चार्ज नारदमुनि राना एकल सिफारिस

कैलाली  भाद्र १९/ एमालेको कैलाली-५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टी पोलिटब्यूरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी रानालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि एकल सिफारिस गरेको छ।

उक्त बैठक सुरु हुँदा सुरुवाती मन्तव्य पार्टीकी पोलिटब्यूरो सदस्य एवं सुदूरपश्चिम सह-इन्चार्ज लिला भण्डारीले राख्नुभएको थियो। उहाँले यो क्षेत्रबाट सर्वसम्मत एकल नाम पठाएर सन्देश दिनुपर्ने र पार्टीको उम्मेदवारलाई जिताउन सबै एकजुट हुनुपर्ने बताउनु भएको छ। नेतृ भण्डारीले नै नेता रानालाई उक्त क्षेत्रको उम्मेदवारका रुपमा प्रस्ताव गर्नुभएको थियो।

नेतृ भण्डारीको प्रस्तावलाई हलले ताली बजाएर स्वागत गर्दै पारित गरेको थियो। उक्त अवसरमा प्रस्तावित उम्मेदवार रानाले आफ्नो नामलाई सर्वसम्मत रुपमा चुनिएकोमा सबैलाई धन्यवाद दिनुभएको छ। उहाँले हामी सबैले अप्राकृतिक गठबन्धन विरुद्ध सशक्त भएर जुध्नुपर्ने भएकाले आफूलाई सबैको सहयोग र हातेमालो आवस्यक रहेको बताउनुभयो।

सम्बन्धित समाचार
ताजा अपडेट