लिलाजङ्ग शाही/ कैलाली :जिल्लाको लम्किचुहा नगरपालिकाका सामुदायिक बिधालयमा अध्ययनरत विद्यार्थीहरु लाई कोरोना विरुद्धको पहिलो डोज खोप लगाइने भएको छ। लम्किचुहा नगरपालिकाले १२ बर्ष देखि १७ बर्ष उमेर का लक्षित समुहका सबै बालबालिका हरुलाइ यहि माघ १८ देखि २४ गते सम्म मोर्डना खोप अभियान संचालन गर्ने निर्णय गरेको छ।
लम्किचुहा नगरपालिकाका१० वटै वडाका ४२ वटा सामुदायिक बिधालयमा अध्ययनरत सबै बालबालिकाहरु आ – आफ्नो पायक पर्ने स्वास्थ्य चौकी ,सामुदायिक स्वास्थ इकाईमा गयर खोप लगाउनका निम्ति समन्वय गर्न बिद्यालय र स्वास्थय शाखा लाई निमित प्रमुख प्रशासकिय अधिकृत बिक्रम चौधरीले सबै बिद्यालय लाई पत्राचार गरि सकेको जानकारी कैलाली दर्पण लाई दिनु भएको छ।
