Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कर्णाली प्रदेश सभा को सदन शुरु – प्रतिपक्ष एमाले को प्रसंशा

  • कैलाली दर्पण
  • आइतवार, माघ १६, २०७८
कर्णाली प्रदेश सभा को सदन शुरु – प्रतिपक्ष एमाले को प्रसंशा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार प्रदेशसभामा सम्बोधन गर्नु भएको छ। । करिब आधा घण्टा सम्बोधन गर्नु भयका मुख्यमन्त्री शाहीले अधिकांश समय प्रतिपक्षी दल नेकपा एमालेको प्रशंसा गर्नमा नै बिताउनु भएको हो ।                                          संघ र अन्य प्रदेहहरुमा समेत एमालेले निरन्तर संसद अवरोध गरिरहेका बेला कर्णालीमा भने आज निर्वाध रुपमा सञ्चालन भएको छ । प्रतिपक्षी दलको समेत सहभागिता रहेको सदनमा मुख्यमन्त्री शाहीले एमाले दलका नेता यामलाल कँडेलले दिएको मन्तव्यले आफ्नो छाति गर्वले फुलेको बताउनु भएको छ।                                        प्रदेशमा रहेको २४ निर्वाचन क्षेत्र र ती क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरु नै जनताका लागि बोल्ने काम गर्ने भएकाले सबै एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताउनुभयो   उनले भने, ‘पछाडि पारिएको कर्णालीलाई कसरी राम्रो बनाउने भन्ने दायित्व हामी सबैको हो । वास्तममा प्रमुख प्रतिपक्ष दलका नेताले सुशासनका बारेमा, हाम्रा बजेटमा भएका गलत कुराका बारेमा कसरी अघि बढने भनेर चासो राख्नु भएको छ । यो कुरा उहाँबाट सुन्दा मेरो छाति फुलेको छ ।’

उनले अर्थ विधेयक अन्य विधेयक जस्तो नभएको बताउँदै सकेसम्म प्रमुख प्रतिपक्षी दललाई साथमा लिएर सुधार गर्न सकिने ठाउँमा सुधार गर्न तयार रहेको बताउनु भएको छ। ।

कानूनले वर्जित नगरेसम्मका लागि सरकार लचकताका साथ अघि बढ्ने बताउँदै प्रमुख प्रतिपक्षले निःस्वार्थ ढंगले सुशासन कायम गर्नका लागि बोलेको भन्दै उनले नेता कँडेलको प्रशंसा गर्नु भएको छ। सुशासन कायम गर्ने नाममा सरकारले कुशासनको बाटोमा लाग्न नहुने बताउँदै आफू त्यस कुरामा सचेत र सजग रहेको उनको भनाई थियो ।कार्तिक को पहिलो सातामा नेपाली काङ्ग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही को नेतृत्वमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनमा गठन भएको कर्णाली प्रदेश सरकारको ४ महिना सम्म पुर्णता पाउन सकेको छैन । मन्त्रालयको भागबन्डा मा माओवादी बढी मागेको अहिलेसम्म पुर्णता पाउन सकेको छैन ।मुख्यमन्त्री शाहीले सदनमा प्रमुख प्रतिपक्षी दलका नेता कँडेलले उठाएका कुराको जवाफ दिन करिब आधा घण्टा खर्चेनु भएको थियो ।                                              कर्णाली प्रदेशसभाको अर्को बैठक भोली दिउँसो एक बजे बस्ने सभामुख राजबहादुर शाहीले जानकारी दिनु भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट