बौनिया भदौ १७/ मोहन्याल गाउपालिका वडा नम्बर १ का अध्यक्ष पिरम बुढाले आफूले निर्वाचनका बेला जनतासंग गरेको बाचा अनुसार काम गरिरहेको दावी गर्नुभएको छ । निर्वाचनका बेला घोषणापत्र मार्फत जनतासंग गरेको बाचा अनुसार स्रोत र साधनलाई प्रयोग गरेर बिकास निर्माणका कामहरु गरि रहेको कोशेली एफ. एम लाई बताउनु भयो ।

नेपाली काङ्ग्रेसका तर्फबाट विजयी बन्नुभएका वडा अध्यक्ष बुढाले १ नम्बर वडाको मुख्य समस्या मध्य छ्नौट गरेर सडक, संजाललाई अगाडी बढाई रहेको बताए । वडा अध्यक्ष बुढा अहिले गए राती आएको अबिरल बर्षाले क्षती गरेको चायाभावर देखि बडिकाथाई सम्म जाने सडकको मर्मत कार्यमा व्यस्त छन । आफुले आफ्नो वडा र दानबिर सामुदायिक बन बाट सहयोग गरेर जनतालाई आवतजावतमा सहयोग पुगोस भन्ने उद्देश्यले बाटो मर्मत कार्य गरिरहेको बुढाले बताए । जनतालाई सहज गर्न दानबिर सामुदायिक बनका कार्यबाहक अध्यक्ष कल्पना थापा पनि उक्त मर्मत कार्यमा ब्यस्त हुनुहुन्छ ।

साथै सामुदायिक बनले जनतालाई आवतजावतमा समस्या पुगेको भन्दै बनका बन हेरालु लाई पनि उक्त बाटो मर्मत कार्यमा लगाएको छ । बाँकी रहेको आफ्नो कार्यकालमा पनि जनताको सेवामानै लागउने र वडाको विकासका लागि आफ्नो शक्रियता उत्तिकै रहिरहने वडा अध्यक्ष बुढाको प्रतिबद्धता रहेको छ ।