Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुवरद्धारा १०० दिनको कार्यप्रगति सार्वजनिक

  • कैलाली दर्पण
  • बिहिबार, भदौ १६, २०७९
बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुवरद्धारा १०० दिनको कार्यप्रगति सार्वजनिक

बर्दगोरिया / कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले एक सय दिनमा गाउँपालिकामा भएको कार्यप्रगति सार्वजनिक गरेका छन् ।

गत वैशाख ३०,गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कार्यभार सम्हालेको १०० दिन पुरा भएको अबसरमा पालिका अध्यक्ष कर्ण बहादुर कुवरले हालसम्म गरिएका कार्यहरु सुदुरचित्र डट.कममार्फत सार्वजनिक गर्नुभएको हो ।

यसअघि पालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७६ करोड ७० लाख ५५ हजारको बजेट सार्वजनिक गरेको थियो । जसमा गाउँपालिकामा संघिय सरकारबाट ४४.६९ करोड र प्रदेश सरकारबाट १.५१ करोड प्राप्त हुने र २.५० करोड पालिकाको आन्तरिक स्रोतबाट सङ्कलन हुने अपेक्षा छ। यसैगरी संघिय सरकारको विभिन्न अनुदानबाट गाउँपालिकाले ४४ करोड ६९ लाख २६ हजार प्राप्त गर्ने जनाइएको छ। यस्तै प्रदेश सरकार १ करोड ५१ लाख २९ हजार प्राप्त हुने जनाइएको छ।

 

यस्तै गाउँपालिकाको आन्तरिक स्रोतबाट २ करोड ५० लाख रकम सङ्कलन हुने अनुमान गरिएको छ। हेर्नुहोस स्थानीय सरकारको १०० दिन कार्य विवरण । १. वर्षामा हुने समस्यालाई मध्यनजर गरि पालिका भित्रका ६ वटै वडामा सडक मर्मत तथा ग्राभेल गर्न सफल भएको । २. वडा नम्बर १ र २ का १३० धारामा खानेपानीको धारा जडान गर्न सफल भएको । ३. बौनिया बजारको मुख्य समस्या मानिने ढल निकास तथा नाला सफाई गर्न सफल । ३.बौनिया बजार चोकमा पुर्वपश्चिम महेन्द्र राजमार्गको उप्किएको सडकको कालोपत्रेको पहल तथा सुधार गर्न सफल भएको ।

४. बर्दगोरिया ५ र ६ जोड्ने घैला नालामा सडक मर्मत तथा सुधार गरि आवातजावतमा सहजता ल्याउन सफल । ५. दोदोधरा अस्पतालको लागि स्वास्थ्य सेवा विभागबाट ५ लाख बराबरको औसधि तथा स्वास्थ्य सामाग्री ल्याउन सफल । ६. पालिकाको वडा नम्बर ३ मा वर्थिङ सेन्टरको लागि स्टमेट तयार गरि आवश्यक प्रक्रिया अगाडि बढाइएको । ७. १७ वर्षदेखि अध्यारोमा रहेको बर्दगोरिया ४ स्थित दानुवाफाटा शिविरमा बिजुलि बत्ती पुर्याउन सफल र बन्द अवस्थाको बालविकास संचालनको लागि आवश्यक प्रतिबद्धता । ८. बर्दगोरियामा संचालित गौशालाको व्यवस्थापन ,पशुचौपायाको घाँस र आवाश व्यवस्थापनको पहल ,निरन्तर अनुगमन र निरीक्षण ।

९. बर्दगोरियामा बहुमुखी क्याम्पस संचालनको लागि पहल, तदर्थ समिति गठन गरि कार्य अगाडि बढाइएको । १०. पालिकामा रहेको भुमी व्यवस्थापनको लागि कर्मचारी भर्ना र पदपूर्ति गरि काम अगाडि बढाइएको । ११. बर्दगोरियालाई हरित शहर बनाउने सन्दर्भमा राष्ट्रपति चुरे संरक्षण विकास समितिका बोर्ड सदस्य तथा सुदुरपश्चिम इन्चार्जसहितको टोलिलाई पालिकामै बोलाएर आवश्यक छलफल तथा परामर्श गर्न सफल भएको । १२.वर्षातलाई मध्यनजर गरि पानी निकासको लागि पालिकाका ६ वटै वडामा ह्युयम पाइप वितरण ।

१३. कृश्चियन धर्मावलम्बीको लागि समाधी स्थल तोक्न सफल । १४. वडा नम्बर १ को दमौरी र वडा नम्बर ३ को रानिकुण्डामा तटबन्ध निर्माणका लागि ३०/३० लाख रुपैया बजेट व्यवस्थापन गर्न सफल । १५. बर्दगोरिया २ र ५ मा खानेपानीको लागि खानेपानी सरसफाइ तथा ढल निकास मन्त्रालय मार्फत पहल थाली विश्व बैंक सङ्ग ७० करोड बराबरको सम्झौता ।

१६. पालिका भित्रका गरिव ,असाहय, अशक्त तथा रोगिहरुलाई ८० हजार बढीको व्यक्तिगत सहयोग । १७. पालिकाको कार्यालय भवन निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई २० लाख रुपैयाँको पेनाल्टी जरिवाना । १८. कर्मचारीलाई महङ्गी भत्ताको व्यवस्थापन तथा ६ वटै वडामा दिवा खाजाको नाममा हुने फजुल खर्च कटौती ।। १९. पालिकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि दुबै सुरक्षा निकाय सङ्ग आवश्यक छलफल र निर्देशन । २०. न्यायको पहुँचमा नपुगेका नागरिकको लागि पैरवी गर्दै आएको ।

२१. प्रदेश सरकारको लगानीमा सहारा घरमा बन्दै गरेको भवन लाई आवश्यक भौतिक सामाग्री उपलब्ध गराई निर्माण कार्य सम्पन्न गर्न सहयोग गरेको । २२. रेखा निर्माण सेवाको १ करोड २० लाख रुपैयाँ बैंक ग्यारेन्टी बाट जफत गरिएको । २३. बौनिया बजार र मुडा बजार चोकमा दशैसम्म हाइमास्ट लाइट जोड्ने योजनासहित गृहकार्य सुरु । २४. बर्दगोरिया ३ को कुइरा नदिमा पक्की पुल निर्माणको लागि पहल, तिहारदेखि काम सुरुगर्ने गरि ठेकेदार कम्पनी सङ्ग जनशक्तिको व्यवस्थापन र निर्माण कार्यको लागि कार्यालय स्थापना गर्न सफल ।

 

२५. बर्दगोरियाको बजेट वृद्धिको लागि प्रदेश र संघका विभिन्न निकायमा डेलिगेसन । २६. बर्दगोरियामा निर्माणाधीन तथा अधुरा योजनाको पटकपटक निरीक्षण तथा अनुगमन गरि आवश्यक निर्देशन दिएको । २७. स्थानीय स्तरमा हुने धार्मिक तथा सास्कृतिक कार्यक्रममा सहयोग ।

सम्बन्धित समाचार
ताजा अपडेट