Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्यालमा बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ

  • कैलाली दर्पण
  • आइतवार, माघ १६, २०७८
मोहन्यालमा बालिका बलात्कार आरोपमा एक किशोर  पक्राउ

चार वर्षीया बालिका बलात्कार आरोपमा कैलाली प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

मोहन्याल गाउँपालिका वडा नम्बर ७ का १४ वर्षका किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
बालिकाको आफन्तले दिएको जाहेरीका आधारमा ती किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

बालिका र किशोरको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको प्रहरीले जनाएको छ।
कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार बालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने किशोरमाथि थप अनुसन्धान भइरहेको छ।

शुक्रबार बालिकामाथि बलात्कार भएको जाहेरीमा उल्लेख छ।

सम्बन्धित समाचार
ताजा अपडेट