बौनिया २५ साउन/ कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित भएका छन् । बुधवार भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धी छविलाल तिवारीलाई ६६ मतको अन्तरले पछि पार्दै अध्यक्षमा सापकोटा निर्वाचित भएका हुन् । विष्णु सापकोटाले २ सय ३४ मत र छविलाल तिवारीले १ सय ६८ मत ल्याएका छन् ।

सञ्चालक समितिको उपाध्यक्ष पदमा आफ्ना निकटतम प्रतिस्पर्धी भानुभक्त आचार्यलाई २९ मतको अन्तरले पछि पार्दै यज्ञराज बिनाडी निर्वाचित भएका छन् । भानुभक्त आचार्यले १ सय ६० र यज्ञराज बिनाडीले १ सय ८९ मत ल्याएका छन् । त्यसै गरी महिला सदस्यमा रेखा देवकोटालाई ११ मतको अन्तरले पछि पादै नारायणी गौतम निर्वाचित भएका छन् ।

यस्तै खुल्ला सदस्यमा नारायण आचार्य, आयुष जोशी र दुर्गा सापकोटा निर्वाचित भएका छन् । घोडाघोडी क्याम्पसको सञ्चालक समितिको लागि सापकोटा प्यानल र तिवारी प्यानल बिच प्रतिस्पर्धा भएको थियो । बुधवार बिहान ७ बजे देखी सुरु भएको मतदान दिउँसो १ बजे सम्म सञ्चालन भएको थियो । घोडाघोडी बहुमुखी क्याम्पसका आजीवन सदस्य र साधारण सदस्य गरी ४ सय ५८ जना मतदाताहरू रहेकोमा जम्मा ४ सय ४ मत खसेको थियो ।