साउन २३ ,बौनिया
जिल्ला फुटबल संघ कैलालीले आफ्नो कमिटीलाई पुर्णता दिएको छ । साउन १४ गते बसेको कर्यकारणी बैठकले खाली रहेका सदस्य पदमा कैलालीका १३ ओटै स्थानीय तहबाट सदस्य चयन गर्दै कमिटीलाई पुर्णता दिएको हो ।
कमिटीलाई पुर्णता दिने क्रममा जिल्ला फुटबल संघ कैलालीले बर्दगोरिया गाउपालिकाबाट सडकपुर बौनिया युवा क्लबका उपाध्यक्ष निर्प साउदलाई सदस्यमा मनोनीत गरेको छ ।
नव मनोनीत भएका सदस्य तथा अन्य पदाधिकारीहरुलाई जिल्ला फुटबल संघ कैलालीले सनिवार धनगढीमा शपथ खुवाउदै प्रमाणपत्र बितरण गरिएको हो । निर्प बिगत लामो समय देखि सडकपुर बौनिया युव क्लवबाट फुटबल खेल्दै आएका छन । उनी एक क्लबका सक्रिय युवा समेत हुन । संघको अध्यक्षमा अनिल मल्ल रहेका छन ।