निर्मला शाही बाैनिया/ कैलालीको बर्दगोरिया धार्मिक क्षेत्र मन्दिर परिसरमा जुनकीरी नेपाल बाैनिया द्वारा सरसफाइ गरिएको छ।
शनिबार “सफा सहर स्वच्छ गाउँ , सबै मिलि फोहोर हटाउ” मुलमन्त्र बोकेर बर्दगोरिया धार्मिक क्षेत्र मन्दिर परिसर मा जुनकीरी नेपाल र सानि जुनकीरी नेपाल को सहभागीमाता मन्दिर क्षेत्रमा सरसफाइ गरेका छन् ।

जुनकिरि नेपालले आफनो स्थापना कालदेखि सरसफाइका क्षेत्रमा बढि काम गर्दै आएको छ। हप्ता मा एक घण्टा समाजका लागि अभियान अन्तर्गत बर्दगोरियाको कुनै अर्को ठाउँमा हरेक शनिबार १ घन्टा विभिन्न क्षेत्रमा सरसफाइका कार्यक्रम गरिने जुनकीरी नेपालका अध्यक्ष सुनिल भण्डारी ले जानकारी दिनु भयको छ।