बाैनिया /कैलालीको बर्दगोरिया गाउँपालिकाले स्वास्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ।
बुधबार बर्दगोरिया गाउपालिकामा निर्माणधिन १५ सैंयाको अस्पतालमा एम्बुलेन्स र आबश्यक स्वास्थ्य सामग्री को माग राख्दै कैलाली क्षेत्र नम्बर २ का माननीय झपट रावल गाउँपालिकाका अध्यक्ष कर्ण कुँवरको नेतृत्वमा गयको ६ सदस्यीय टोलिले स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
बिहीबार ,शिक्षा मन्त्रालय ,भौतिक पुर्वाधार ,शहरी बिकास मन्त्रालय ,सिचाइ ,तथा खानेपानी ,कृषि लगायतका विभिन्न योजनाको माग राख्दै मन्त्रालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको गाउपालिकाका अध्यक्ष कर्ण कुवरले जानकारी दिनु भएको छ।
उक्त टोलिमा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम ,नेकपा एमालेका द्वारिका प्रशाद धमाला,नेपालीकाङ्ग्रेसका दलबिर साउद ,नेकपा माओवादी केन्द्रका रुपक सुनार ,बौनिया बजार ब्यबस्थापन समितिका अध्यक्ष अमरबहादुर बम रहनु भएको छ।