Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

“योगदान रास्ट्रको लागि” कैलाली अध्यक्षमा तारामान कुँवर

  • कैलाली दर्पण
  • शनिबार, असार ३२, २०७९
“योगदान रास्ट्रको लागि” कैलाली अध्यक्षमा तारामान कुँवर

निर्मला शाही बाैनिया/ “योगदान रास्ट्रको लागि” कैलाली शाखाको  प्रथम साधारण सभा बाट अध्यक्षमा तारामान कुँवर सर्वसहमत चयन भएका छन्।

शनिवार आयोजित कैलाली जिल्ला अन्तरगत बाैनियामा प्रथम साधारणसभा तथा  सदस्य वितरण कार्यक्रमले कुँवर लाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

त्यस्तै कार्यसमितिको उपाध्यक्षमा मिलन मल्ल चयन हुँदा सचिवमा डम्मर बहादुर बुढा सह सचिवमा जयकृष्ण देवकोटा चयन भए । यसैगरि कोषाध्यक्षमा पार्बती जोशी प्रवक्तामा बिजय राज जोशी, सल्लाहकारमा सुनिल भण्डारी र शैलेन्द्र बहादुर सिहं रहेका छ्न।

यस्तै सदस्यमा , रमेश भण्डारी , सुदिर चन्द ,झलक रावल, धिरज भाट गरि २१ जनाको नयाँ समिति गठन भएको छ ।प्राथमिक उपचारको क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको सामाजिक संस्था भएकाले कैलालीमा पनि सामाजिक काम संगै प्राथमिक उपचारको बारेमा तालिमहरु संचालन गर्न तथा प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग गर्ने लगायतका क्षेत्रमा “योगदान राष्ट्रका लागि” सस्थाले काम गर्ने कैलाली जिल्ला सचीव डम्मर बुढाले जानकारी दिए।

सम्बन्धित समाचार
ताजा अपडेट