बौनिया ः नेपालको जनगणना २०७८ अनुसार लम्किचुहा नगरपालिकाको जनसंख्या करिब १ लाख नजिक पुगेको छ। तथ्यांक विभागले बुधबार सार्बजनिक गरेको तथ्यांकअनुसार लम्किचुहाको जनसंख्या ९० हजार ९ सय ४१ पुगेको छ। जसमध्ये ४२ हजार ७ सय ९५ पुरुष र ४८ हजार १ सय ४६ महिला रहेका छन् ।