बाैनिया/ कैलालीको बौनियामा सहकारी सम्बन्धि २ दिने क्षमता अभिबृद्री तालिम सुरु गरिएको छ।
मंगलबार देखि मोहन्याल गाउँपालिका सहकारी शाखा को आयोजना र मोहन्याल गाउपालिकाको आर्थिक सहयोगमा उक्त तालिमको आयोजना गरिएको हो। तालिममा मोहन्याल गाउपालिकाका ७ वटै वडाका सहकारी बाट महिला पुरुष सहित ३५ जनाको सहभागीता रहेको थियो। 
सहकारी शाखा प्रमुख शिव राज बिकको अध्यक्षतामा भएको तालिमको सहजीकरण प्रमुख प्रशिक्षक प्रेम कठरिया, प्रशिक्षक सरोज चौधरी र टिकाराम पौडेलले गर्नु भएको थियो ।