Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया गाउँपलिका पशु शाखाद्वरा एच आई भि प्रभावितलाई बाख्रा बितरण

  • कैलाली दर्पण
  • बिहिबार, असार २, २०७९
बर्दगोरिया गाउँपलिका पशु शाखाद्वरा एच आई भि प्रभावितलाई बाख्रा बितरण

बौनिया /एच आई भि प्रभावित लाई बर्दगोरिया गाउपालिका पशु शाखाले बाख्रा बितरण गरेको छ ।

बिहिवार एक कार्यक्रमका बिच पशु शाखाले बर्दगोरिया गाउपालिका वडा नम्बर ३ का एच आई भि प्रभावितलाई आय आर्जनका लागि १३ वटा बाख्रा बितरण गरेको हो । एच आई भि प्रभावित संयोजक दले तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती गाउपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।


प्रमुख अथितिको आसन बाट बोल्दै गाउपालिका उपाध्यक्ष गिरिले पशु शाखाले बाख्रा बितरण गरेर राम्रो काम गरेको बताउनु भयो । उनले एच आई भि पीडितले बाख्रा पालेर राम्रो आम्दानी गर्न सक्ने बताए । एच आई भि प्रभावितलाई उपाध्यक्षले भने राम्रो संग पालेर आम्दानी बढाउन आग्रह गरे ।

कार्यक्रमको संचालक नायब पशु प्राबिधिक अनिल ओलिले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट