कैलाली / स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भएका जनप्रतिनिधिलाई नेकपा एमालेले दुई दिन सम्म प्रशिक्षण दिने भएको छ।
नेकपा एमाले बाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई पार्टी अध्यक्ष केपी शर्मा ओली लगाएत पार्टीका शिर्ष नेता हरुले प्रशिक्षण दिने भएका हुन ।
प्रशिक्षण कार्यक्रम आज र भोलि गरि दुई दिन सम्म चल्ने भएको छ । राष्ट्रिय सभागृहमा आयोजित उक्त प्रशिक्षण कार्यक्रमको आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई काठमाडौं आउन यसअघि नै पार्टीले आग्रह गरेको थियो ।