बाैनिया/ लम्कीचुहा नगरपालिका अन्र्तगत बिभिन्न सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षकको तलब बृद्धि सहितका बिभिन्न माग राख्दै नेपाल बालविकास शिक्षक समितिले लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीलाई ज्ञापन पत्र बुझाएका छन । समितिका जिल्ला अध्यक्ष निर्मला तिमिल्सैना र लम्कीचुहा अध्यक्ष जानकी सञ्यालले संयुक्त रुपमा नगर प्रमुख शाशीले चुनावको समयमा बोलेका एजेण्डा अक्षरस कार्यान्वयन गर्न माग गदै ज्ञापन पत्र बुझाएका हुन ।लामो समय देखि अनवरत रुपमा न्युन पारिश्रमिकमा आफुहरुले सेवा गरी रहेको भएपनी सरकारले आफ्ना माग ग्रति गम्भीर नभई श्रम शोषण गरेको उनीहरुको गुनासो छ ।

नयाँ आउने निति तथा कार्यक्रम एवम् बजेटमा उल्लेख गरीने गरी बालविकासमा कार्यरत शिक्षको स्थानियतहका एजेण्डा अनुरुपको तलब बृद्धि र आई।सि।टी। तालीम, विद्यार्थिको सिकाईको लागि शिक्षण सामग्रीको लागि आवश्यक कार्यक्रम ल्याई बजेट विनियोजन गरी दिन आग्रह गरीएको छ । जवाफमा नगर प्रमुख शाहीले बालविकास शिक्षकहरुमा मागप्रति आफु सकारात्म रहेको प्रतिक्रिया दिएकी छन ।