Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

स्थानीय सरकारका प्रमुख उप -प्रमुखहरुका लागि अभिमुखिकरण कार्यशाला सम्पन्न

  • कैलाली दर्पण
  • मङ्लबार, जेष्ठ ३१, २०७९
स्थानीय  सरकारका प्रमुख उप -प्रमुखहरुका लागि अभिमुखिकरण कार्यशाला सम्पन्न

बाैनिया /  खानेपानी क्षेत्रगत सुशासन  तथा पुर्वधार सहयोग  आयोजना कार्यान्वयन  हुने सम्बन्धि स्थानीय सरकारका प्रमुख उपप्रमुखका लागि अभिमुखिकरण कार्यशाला सम्पन्न ।

आज मंगलबार नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल ब्यबस्थापन बिभाग ,खानेपानी क्षेत्र गत सु शासन तथा पुर्वाधार सहयोग पानी पोखरी को आयोजनामा  कैलालीको कर्णाली चिसापानीको होटल सिद्धार्थ मा खानेपानी क्षेत्रमा सु शासन तथा पुर्वाधार सहयोग आयोजनामा  कार्यान्वयन  हुने सम्बन्धित स्थानीय सरकार प्रमुख ,उप प्रमुख ज्यूहरुका लागि अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ।                                         

कार्यक्रमको मुल उदेश्य शुद्ध खानेपानी तथा सरसफाइ  र ढल निकासको ब्यबस्थापन  योजना लागू    नभएको  पालिका  यसै आर्थिक बर्ष ०७९/०८० मा तिनै तहका को लागत साझेदारीमा संचालन हुनेछ। नेपाल सरकारलेले बिश्व बैक बाट ॠण लिइ  आयोजनाको लागत अनुमानको ८०% प्रतिशत रकम स्थानीय तहमा संचालन हुने

कार्यक्रममाहरुमा प्रमुखत : २०% प्रतिशत रकम स्थानीय तथा प्रदेश सरकार मार्फत ब्यहोर्नु पर्ने छ। उक्त योजना हरु तत्काल लागू गर्ने योजना रहेको छ।कार्यक्रममा सुदूरपश्चिम बाट  दिपायल सिलगढी ,नगरपालिका ,जानकी ,बर्दगोरिया र जोशीपुर गाउपालिका कर्णाली प्रदेश बाट बिरेन्द्र नगर र शारदा नगरपालिका सल्यान सहित ६ वडा पालिकाको सहभागीता रहेको थियो ।

कार्यक्रममा बिरेन्द्र नगर नगरपालिका प्रमुख मोहनमाया ढकाल , दिपायल सिलगढी का नगर प्रमुख बाजि सिह ढकाल ,शारदा नगरपालिका का नगर प्रमुख प्रकाश भण्डारी ,बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण कुवर ,जानकीका अध्यक्ष गणेश चौधरी ,जोशीपुरका अध्यक्ष चित्र बहादुर चौधरी ,बर्दगोरिया गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिह कार्की ले आ ,आफ्नो पालिका  खानेपानी र ढल ब्यबस्थापन को समस्या अबगत  गराउनु  भएको हो।

कार्यक्रम खानेपानी तथा ढल ब्यबस्थापन बिभागका उप महा निर्देशक माधव प्रशाद अधिकारीको अध्यक्षतामा भएको कर्यक्रममा सिनियर डिभिजनल इन्जिनियर मधुसूदन खनालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । भने प्रमुख लेखा नियन्त्रक कमल सापकोटाले स्वागत मनतब्य राख्नु भएको थियो । ,इन्जिनियर प्रदीप कुमार साह र निकिता राइले    सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमको संचालन सस्थाका नायब सुब्बा कृष्ण प्रशाद पौडेलले गर्नु भएको थियो।                                           

सम्बन्धित समाचार
ताजा अपडेट