Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाली काङ्ग्रेसका नेता अरुण चौधरीले गरे पार्टी परित्याग

  • कैलाली दर्पण
  • आइतवार, जेष्ठ २९, २०७९
नेपाली काङ्ग्रेसका नेता अरुण चौधरीले गरे पार्टी परित्याग

बौनिया/नेपाली कांग्रेसका महा समिति सदस्य अरुण चौधरी नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन् ।

आफ्नो फेसबुक वालमा ‘देश विकासमा योगदान पुर्याउने ठूलो अपेक्षा सहित विगत केही वर्षदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय , तर अहिले आएर त्यो सम्भावना कम देखिन गएकाले आजकै मिति देखि नेपाली काङ्ग्रेसको कुनैपनि पदमा नरहने गरि अलग भएको ’ भन्दै उनले नेपाली काङ्ग्रेस छाडेको घोषणा गरेका हुन् ।
साथै उनले चाडैं नै नयाँ योजना सहित राजनीतिमा सक्रिय नै रहने जानकारी दिएका छन् ।

चौधरीले स्थानीय तहको निर्वाचन, २०७४ मा मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) बाट लम्कीचुहा नगरपालिकाको नगर प्रमुखका उम्मेदवार भई ६ हजार दुई सय २२ मत प्राप्त गर्दै तेस्रो भएका थिए । ०७४ कै संघीय र प्रदेशको निर्वाचनमा भने नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभाको कैलाली क्षेत्र नं २ को ‘ख’ बाट उम्मेदवार बनेका थिए । ११ हजार दुई सय ३२ मत प्राप्त गरि दोस्रो भएका थिए ।

रेश्म चौधरीको नागरिक उन्मुक्ति पार्टीमा जान सक्ने आकलन गरिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट