बाैनिया/ कैलालीको मोहन्याल गाउँपालिकामा महिनावारी स्वच्छता तथा छाउपडी प्रथा उल्मुलन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
आइतबार मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसौनामा महिला बिकास शाखाको आयोजनामा१ दिने महिनावारी स्वच्छता तथा छाउपडी प्रथा उन्मुलन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न गरिएको हो।
महिला शाखा प्रमुख रत्ना बोहरा को सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी वडा नम्बर ३ का वडा अध्यक्ष नन्दाराम गिरी (नवीन) रहेका थिए। 
सामाजिक बिकास मन्त्रालयकि सामाजिक परिचालन पार्वती शाहिको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी नन्दाराम गिरी ,कार्यपालिका सदस्य नानी दमाई ,वडा सदस्य रतन भाट ,मान बहादुर बिस्ट्ले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रममा ३४ जना महिला हरुको सहभागीता रहेको थियो।
उक्त कार्यक्रमको संचालन रेखा बुढा थापाले गरेकि थिन ।