Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया र घोडाघोडिबाट २५ लाख भन्दा बढी भारतीय रुपैयाँ बरामद

  • कैलाली दर्पण
  • शुक्रबार, जेष्ठ १३, २०७९
बर्दगोरिया र घोडाघोडिबाट २५ लाख भन्दा बढी भारतीय रुपैयाँ बरामद

बाैनिया: कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका-४ सुन्दरपुर दुर्गा चलाउनेको घर नजिक खेतबारीमा र घोडाघोडी नगरपालिका-८ का लालबहादुर थापाको घर नजिक खाडलमा लुकाएर राखेको अवस्थामा नगद र सुन बरामद गरिएको हो।

भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र सुन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट