Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियाका नवनिर्वाचित जनप्रतिनिधिलाई जेसीज द्वारा सम्मान

  • कैलाली दर्पण
  • बिहिबार, जेष्ठ १२, २०७९
बर्दगोरियाका नवनिर्वाचित जनप्रतिनिधिलाई जेसीज द्वारा सम्मान

बौनिया कैलालीको बर्दगोरिया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । बौनियाँ जेसीजले बिहीबार नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई सहित सम्मान गरेको हो ।

कार्यक्रममा पालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण कुवर, उपाध्यक्ष गणेश राज गिरि वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही ,वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित ) संगै उपस्थित ५ वटै वडाका नवनिर्वाचित वडा अध्यक्षलाई सम्मान गरिएको थियो ।

 

बौनियाँ जेसीजका अध्यक्ष कृष्ण प्रसाद ओझाको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा नवनिर्वाचित पालिका अध्यक्ष कर्ण कुवर रहनु भएको थियो ।

 

सम्मान कार्यक्रममा पालिका अध्यक्ष कुँवरले समग्र रूपमा बर्दगोरियाको विकास र समृद्धिका लागि आफू अहोरात्र खटिने बताए । उनले बर्दगोरियाको शिक्षा ,स्वास्थ ,खानेपानी ,ढलनिकासका सवाललाई आफुहरुले प्रमुख प्राथमिकतामा राखि काम गर्ने प्रतिबद्धता जनाए । उनले कम खर्चमा कसरी बढी काम गर्न सकिन्छ ? सोही अनुसार काम गर्ने बताए । भ्रष्टाचार मुक्त गाउँ पालिका निर्माणकार्यमा सबैले लाग्नुपर्ने बताए ।बर्दगोरियालाई विकासको मार्गमा अगाडि बढाउन यहाँका सबै बुद्धिजीवी ,समाजसेवी ,राजनीतिक दलहरू सितको सुझाव र सल्लाह बमोजिम काम अगाडि बढाउने बताए ।

 

कार्यक्रमका विशिस्ट अतिथि पालिका उपाध्यक्ष गणेश राज गिरीले बर्दगोरियालाई शिक्षा स्वास्थ्य खानेपानी लगाएतका मुद्दासहित यहाँको पर्यटन ,कृषि क्षेत्रको समस्या र यसको व्यवसायीकरण र लगानि तथा अनुदान, कृषिमा युवापुस्ताको बढी सहभागी गराई रोजगारीको क्षेत्रमा समेत टेवा पुर्याउने गरि काम गर्ने बताए ।
कार्यक्रममा बिशिस्ट अतिथी बौनिया जेसीजका सस्थापक अध्यक्ष लिलाजङ्ग शाहीले जेसीजको मुल मन्त्र शासन ब्यक्तिको होइन ,बिधिको हुनुपर्छ ,भन्ने नारा अनुसार एक ब्यक्ती ,एक पद एक कार्यकाल को नीति सबै संघ ,सस्थाका लागू गरे मात्र जेसीजको उदेश्य पूरा हुने बताए ।बर्दगोरिया गाउपालिकाका सबै तहमा युवा नेतृत्वले अवसर पाउने सकारात्मक भुमिका खेल्नुपर्ने हुन्छ ।सबै संघ सस्थामा पारदर्शिता ,सुशासन ,जवाफदेहीता र सहभागीता भए मात्र नमुना गाउपालिका बनाउन मद्दत पुग्ने बताए ।

कार्यक्रममा अतिथिका तर्फबाट वडा नम्बर १ का अध्यक्ष मितुन गौतमले बर्दगोरियालाई विकास र आर्थिक समृद्धिको दिशा तर्फ अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गरे । उनले जसरी आफुलाई जनताले अमुल्य मतदान गरि जिताए सोही भावनाको कदर गरि उनीहरूको दुख सुखमा सधै साथ दिने बताए । उनले सीमित स्रोत साधनको व्यवस्थापन गर्दै नागरिकको असीमित चाहानाहरू पुरागर्ने गरि काम गर्ने बताए । कार्यक्रममा स्वागत मन्तवय बौनियाँ जेसीजका कानूनी सहलाकार चक्र शाहीले गर्नु भएको थियो ।

 

कार्यक्रमको संचालन बौनियाँ जेसीजका वर्ष २०२२ का महासचिव वीर बहादुर विष्ट गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट