बौनिया/ स्थानीय निकायको निर्वाचन २०७९ बाट निर्वाचित बर्दगाेरिया गाउपालिका का अध्यक्ष कर्ण बहादुर कुवर र उपाध्यक्ष गणेशराज गिरि (लालदिप) ले बुधबार शुदुरपश्चिम सरकारका विभिन्न मन्त्रीहरु संग भेटघाट गरेका छन् ।
प्रदेश सरकारले बजेटको तयारी गरिरहेकाे अवस्थामा अध्यक्ष र उपाध्यक्षले प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल, कानुन न्याय तथा संसदिय मामिला मन्त्री डाक्टर रण बहादुर रावल, भाैतिक पुर्वाधार मन्त्री दिर्घ साेडारि,आर्थिक मामिला राज्यमन्त्री अमर साउद लगायत संग भेटघाट गरेका हुन् । साे अवसरमा द्घयले बर्दगाेरिया गाउपालिकाका समस्या र आवश्यकता का बिषयमा मन्त्री हरुलाइ जानकारी गरायका थिय ।
मन्त्रीहरु संग द्धयले इलाका प्रहरी कार्यलय बाैनियाका लागि सुबिधा सम्पन्न भवन माग गर्नुका साथै इलाका प्रहरी कार्यलय र ससस्त्र प्रहरी बल अस्थायी सुरक्षा बेश क्याम्प बाैनियाका लागि गाडिकाे माग गरेका थिय । यसका साथै इलाका प्रहरी कार्यलय बाैनियाकाे स्तर उन्नति गर्दै मुद्दा चलाउन मिल्ने वातावरण साेहि इलाका बाट गर्न पहलका लागि अनुरोध गरेका थिय ।