निर्मला शाही बाैनिया/ कैलालीको बर्दगोरिया गाउँपालिकामा युवा क्लब द्वारा खेल मैदान सरसफाइ गरिएको छ।
मंगलबार आफ्नो गाउँ टोलाआफेै बनाउ भन्ने नाराको साथ बर्दगोरिया गाउँपलिका वडा नम्बर ४ स्थित मुडा बजार खेल मैदान वडा नम्बर ४का नवनिर्वाचित वडा अध्यक्ष जगत बहादुर शाही र हिमालय युवा क्लब द्वारा खेल मैदान सरसफाइ गरिएको हो। 
अध्यक्ष शाहीले आफ्नो वडा स्वच्छ सुन्दर नमूना वडा बनाउन पहिलो कदम चालेको र
विभिन्न प्रतियोगीता आयोजना गर्ने ठाउ भए पनि धेरैको ध्यान पुग्न नसकेको कारण आफुहरुले सरसफाइ गरेको र अबदेखि हप्ताको एक दिन चाहिँ हाम्रो यो टिमले सम्पूर्ण ४ नम्बर वडामा गएर यसरी नै सरसफाईकाे कामलाई निरन्तरता दिने शाहिले बताएका हुन।

सरसफाइ कार्यक्रममा हिमालय युवा क्लबका अध्यक्ष बिकास गौतम र क्लबका युवाहरू रहेका थिए । 