Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कोसेली एफएम द्वारा बर्दगोरियाका नवनिर्वाचित जनप्रतिनिधिलाइ बधाई तथा सम्मान कार्यक्रम

  • कैलाली दर्पण
  • आइतवार, जेष्ठ ८, २०७९
कोसेली एफएम द्वारा बर्दगोरियाका नवनिर्वाचित जनप्रतिनिधिलाइ बधाई तथा सम्मान कार्यक्रम

बाैनिया/ कैलालीको बर्दगोरिया गाउँपालिकाका  नव निर्वाचित जनप्रतिनिधि लाई स्वागत तथा सम्मान गरिएको छ।

आइतबार कोसेली एफएम ९७ मेगाहर्जले स्थानीय तहको निर्वाचनमा  बर्दगोरियाका निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष र  ६ वटै वडा अध्यक्षहरुलाई एफएमले स्वागत तथा सम्मान कार्यक्रम गरेको हो ।

एफ एमका प्रबन्धक निर्देशक लिला राज शाहिको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नवनिर्मित पालिका अध्यक्ष कर्ण बहादुर कुवर बिशिस्ट आतिथिमा गणेश राज गिरि र अतिथिहरुमा वडा नम्बर१ का अध्यक्ष मिथुन गौतम ,२ नम्बरका गोबिन्द्र बिक ,३ नम्बरका मन ऋषि आचार्य ,४नम्बरका जगत बहादुर शाही ५ नम्बर का भोलेराम चौधरी ६ नम्बर का रामकृष्ण थारु ( रन्जित जोसिपुर गाउँपालिका वडा  नम्बर ७ का अध्यक्ष बम बहादुर शाह, प्रेस चौतारी नेपाल केन्द्रिय सचीव लोग्शरी कुवर ,नेकपा  एमाले  बर्दगोरिया गाउँकमिटी का सचिव  देबेन्द्र शाहि  लगायत रहेका थिय।                                                                                                                                         कार्यक्रममा पालिका उपाध्यक्ष गणेश राज गिरी ले आफ्नो मन्तव्य राख्दै यश पालिकाको बिकासको निम्ति सञ्चार क्षेत्रको पनि अमुल्य भुमिका रहने भएकोले पक्ष विपक्ष भन्दा पनि यश पालिकाको बिकासमा आफ्नो अमुल्य सहयोग गर्न अनुरोध गर्नु भयो ।                                     

यस्तै प्रमुख अथितमा पालिका अध्यक्ष तथा रेडियो कोशेली एफएमका संचालक समिती अध्यक्ष कर्ण कुँवरले बिगतमा आफुले यश रेडियोलाई कुनै नाफा मुलुक नभई यश क्षेत्रको लुकेका कुरा तथा आवश्यकता परेका कुरा सञ्चार माध्यमबाट बाहिर आउन र मिडिया क्षेत्रमा काम गर्ने मिडिया कर्मी हरुलाइ रोजगारको सृजना होस भन्ने उद्देश्यले रेडियोको स्थापना गरेको बताए । यस्तै यस रेडियो तथा स्थानीय मिडियाहरुलाइ पालिका बाट नियम कानुनले गर्न सक्ने सहयोग गर्ने बताए                                      उक्त  कार्यक्रमको संचालन एफएमका समाचार प्रमुख पदम ओझाले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट