Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टी विजयी

  • कैलाली दर्पण
  • शनिबार, जेष्ठ ७, २०७९
जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टी विजयी

बौनिया/कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत पाएर निर्वाचित भए।

उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतौले ५ हजार २४२ मत पाउँदा एमालेका टंकबहादुर बमले ४ हजार २४१ मत ल्याए।

त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया ६ हजार ५२६ मतसहित निर्वाचित भइन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता चौधरीले ४ हजार ५ मत ल्याउँदा गठबन्धनबाट माओवादीका जयप्रकाश दहितले ४ हजार ५४८ मत प्राप्त गरे।

नवगठित नागरिक उन्मुक्ति पार्टीले  जानकी गाउँपालिकामा विजय प्राप्त गरे संगै नागरिक उन्मुक्ति पार्टीको यो चौथो जित हो । यसअघि टीकापुर, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा विजय हासिल गरिसकेको छ ।

जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले पाँच वडा, नेकपा एमालेले चार वडा जितेको छ ।

गठबन्धनमा दलहरु नेपाली काँग्रेसले छ वडा सदस्य मात्र जितेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट