बाैनिया । । कैलालीको बर्दगोरिया गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण कुँवरले आज देखि पदभार ग्रहण गरेका छन ।
कुँवरले शुक्रबार (आज) बिहान गाउँपालिकाको अध्यक्ष पदमा पदभार गरेका हुन ।
उनलाई आज गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिह कार्कीले पद भार गराएका हुन ।
पदभार ग्रहरण गर्दै कुवँरले मुख्य ४ कामलाई सबैभन्दा बढी प्राथमिकता दिने प्रतिवद्धता गरेका छन ।
कुँवरले गाउँपािलका भित्र बहुमुखी क्याम्पस संचालनका लागि आजैदेखी पहल थाल्ने, खानेपानीको काम तत्काल सुरु गर्ने, फोहोर प्रशोधन केन्द« निर्माण गर्ने र गाउँपालिकाको अधुरो प्रशासनिक भवनलाई छिटो पुर्णता दिने बताएका छन ।
अध्यक्ष कुवरले सबै मिलेर गाउपालिकामा बिकास निर्माणकार्य गर्नुपर्ने बताउनुभयो ।निर्वाचन सम्म हामी सबै आ आफ्नो पार्टी थियो ।अब जन प्रतिनिधि भइ सकेपछि हामी सबै का साझा हौ ।गाउपालिका को बिकास निर्माणकार्यमा पार्टी भन्दा माथी उठेर सकारात्मक सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको छ।
आफुले ५ बर्षसम्मको सरकारी सेवा सुबिधा नलिइ सामाजिक कार्यमा खर्च गर्ने बताउनुभयो ।