बौनिया/ दैलेखकाे दुल्लु नगरपालिकामा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारि छ । हालसम्म ३ सय ५० मतगणना सकियको सार्बजनिक भएको छ । मतगणना वडा नम्बर १ बाट सुरु भएको जानकारी छ
साढे तीन सय मत गणना गर्दा हालसम्म एमालेका रुद्र शाहीले २०० र गठबन्धनबाट काँग्रेस उम्मेदवार भरत रिजालले १४३ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा पनि एमाले नै अगाडि छ । उपप्रमुखमा एमालेले १९७ मत ल्याउँदा गठबन्धनबाट माओवादी उम्मेदवारले १०९ मत ल्याएका छन् ।
दुल्लु १ नम्बर वडा अध्यक्षमा एमालेले २१७ मत ल्याउँदा काँग्रेसले १३१ मत ल्याएको छ ।