Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियाका साउँदको मोटरसाइकलको ठक्करबाट मृत्यु

  • कैलाली दर्पण
  • आइतवार, बैशाख २५, २०७९
बर्दगोरियाका साउँदको मोटरसाइकलको ठक्करबाट मृत्यु

बौनिया / कैलालीमा मोटरसाइकल दुर्घटना  हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दगोरिया गाउपालिका वडा नम्बर १ निवासी २८ बर्षका प्रकाश साउदको मृत्यु भएको हो  ।

शनिबार  गए राती ७. बजे ४५ मिनेटमा महेन्द्र राजमार्गको गोदावरी नगरपालिका ७ जमुनाझाडी पश्चिमबाट पुर्वतर्फ आउदै गरेको  से ६ प १८७३ नम्बर मोटरसाइकल र बिपरित दिशा बाट आएको  सु प 0१ 00९ प ९५४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन ।

ठक्करबाट गम्भिर  घाइते भएका साउद्को उपचारको क्रममा प्रादेशिक सेती अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय अत्तरियाले जानकारी दिएको छ।

अर्का मोटरसाइकल  चालक गौरीगङ्गा नगरपालिका ३ कुचैनी निवासी १८ बर्षका हिमाल चौधरी हुन र उनको प्रादेशिक सेती अस्पतालमा उपचार भइरहेको छ।उनी खतरा मुक्त भएको छन ।

मृतक साउद नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) युवा संघका जिल्ला कमिटी सदस्य पनि हुन र उनि बौनिया बजारमा बिजुलि पसल राखेर व्यावसायिक गर्दै आएका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट