बौनिया /आगामी स्थानीय तह निर्वाचनका लागि मोहन्यालपालिमा नेकपा एमालेका उम्मेदवारहरूले तीव्र रूपमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।
एमालेको तर्फबाट अध्यक्ष पदका का उम्मेदवार धरम बहादुर थापा र उपाध्यक्ष पदकी की उम्मेदवार सरस्वती बिस्ट रावल ,वडा अध्यक्ष पदका उम्मेदवार अमरबहादुर टमट्टा सहितको टोलीले तीन नम्बर वडाको फलेबिसौना दर्जनौँ टोलमा घर दैलो कार्यक्रमको आयोजना गरेका हुन् ।
मोहन्याल ३ नम्बर वडा को फलेबिसौना का विभिन्न टोल हरुमा कार्यक्रमको आयोजना गरिएको हो । ती क्षेत्रमा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बनेका धरम बहादुर थापाले ले पिछडिएको दुर्गम मोहन्याल गाउपालिका लाई सुन्दर र समृद्ध मोहन्याल गाउपालिका बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका थिए ।
यस वडा नम्बरमा यश अघि निर्वाचित जनप्रतिनिधीहरुले मोहन्यालको विकासको विकासमा उदासिन रहेको भन्दै आफूहरू निर्वाचित भए मोहन्यालको सात वटै वडामा विकासले गति पाउने सबै को पायक पर्ने स्थानमा गाउपालिका केन्द्र तत्काल स्थापना गर्ने समेत उनले दाबी गरेका हुन् । उपाध्यक्ष की उम्मेदवार सरस्वती बिस्ट रावल ले गठबन्धनको सरकारबाट नागरिक आजित भएको बताएकी थिइन् । उनले मोहन्याल मा सुशासन र विकासका निम्ति आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारेकी थिइन् ।
वडा नम्बर ३ फलेबिसौना का विभिन्न क्षेत्र टोलमा सहभागी भएका मतदाताहरुले एमालेका उम्मेदवारहरूलाई जितको शुभकामना समेत दिएका थिए । उनीहरूले यस पटक मोहन्याल वडा नम्बर ३ को विकास र निकासको लागि एमालेका उम्मेदवारहरूलाई निर्वाचनमा विजयी गराउन अनुरोध गरेका छन् ।
अध्यक्ष पदका उम्मेदवार बिगत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीकेन्द्र बाट अध्यक्ष पदमा उम्मेदवार थिए ।स्वर्गीय तत्कालीन अध्यक्ष नवल सिह रावल सङ्ग झिनो मतको अन्तरले पराजित भएका थिए ।उनी यश पटक नेकपा एमाले बाट नै ५ दलिय गठबन्धनका साझा उम्मेदवार देविदत्त उपाध्याय हिमशिखर सङ्ग एक्कै चुनावी मैदानमा दोस्रो पटक पुनः प्रदिस्प्रर्दा गरिरहे का छन् ।
आफू ५ बर्ष सम्म मोहन्यालका श्रमजीवी ,सर्वहारा जनताको इमानदारी पुर्व सेवा गर्ने स्वर्गीय अध्यक्ष नवल सिह रावलले गर्न बाकी रहेका सपना हरु पूरा आफ्नो टिमले गर्ने भएकोले आफ्नो टिमलाइ बिजय गराउन अनुरोध गर्दै ,सोल्टा ,अजिगरे ,ओखडेकोट बढीगाउ ,कुइने कचाली लगायत गाउमा पहिलो चरणको घरदैलो अभियान गरिसकेका छन् ।उक्त घर दैलो अभियान प्रदेश कमिटी सदस्य नृप बहादुर खडका ,जिल्ला कमिटी सचिव डेजि पान्डे ,मोहन्याल गाउँ कमिटी इन्चार्ज तथा निर्वाचन परिचालन समितिका संयोजक खर प्रशाद अधिकारी ,जिल्ला कमिटी सदस्य बिरेन्द्र रावल ,गाउँ कमिटी अध्यक्ष पुर्ण बहादुर साउद लगायतको सहभागी रहेको थियो।