कैलालीको मोहन्याल ३ फलेबिसौनामा रुखा बाट खसेर १ महिलाको मृत्यु भएको छ। माेहन्याल गा पा वडा न.३फलेबिसौनामा बस्ने कमल बुढाकि श्रीमति अमृता देबि बुढा को जङ्गलमा घाँस काटदै गर्दा रुख बाट खसेर अल्प आयुमै निधन भयको हो।

घास काट्न गयको बेला रुख लडेर टाउको चोट लागेर गम्भीर घाइते भयकि उनको उपचार क्रममा अस्पताल लिदै गर्दा बाटोमा मृत्यु भएको उनका जेठाजु गगन बुढाले जानकारी दियका छन। ३२ बर्सिय उन्का १ छोरा २ छोरी र श्रीमान रहेका छन।