Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २२ गते कैलालीको बौनिया आउदैं

  • कैलाली दर्पण
  • बुधबार, बैशाख २१, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २२ गते कैलालीको बौनिया आउदैं

बौनिया कैलाली / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २२ गते कैलाली को सडकपुर बौनिया आउने भएका छन् ।

स्थानीय तह निर्वाचनको चुनावी आमभामा एमालेका उम्मेदवार जिताउन उनी सुदूरपश्चिम प्रदेश आउन लागेका हुन् २२ गते कञ्चनपुर र कैलालीका बौनियामा ११ बजे र धनगढीमा ३ बजे ठाउँमा चुनावी आम सभा हुने भएको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी आम सभा हुने भएको छ । कैलालीको बर्दगोरीया २ सडकपुर बौनिया बिसाल चुनावी आम सभाको तयारी भइरहेको छ ।

बौनियाको सभा लम्किचुहा ,टिकापुर ,जोशीपुर र घोडाघोडी ,मोहन्याल र जोशीपुर ,भजनी देखि कार्यकर्ता र जनताको करिव ५० हजार को उपस्थिति हुने एमालेले जनाए को छ।अध्यक्ष ओली आउने कार्यक्रमको लागि तयारी सुरु भएको एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले जानकारी दिए ।

सम्बन्धित समाचार
ताजा अपडेट