Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्किचुहामा गठबन्धनबाट मेयर र, उपमेयर महिला नै

  • कैलाली दर्पण
  • शनिबार, बैशाख १७, २०७९
लम्किचुहामा गठबन्धनबाट मेयर र, उपमेयर महिला नै

 बौनिया / आसन्न स्थानीय तहको निर्वाचन मा कैलालीको लम्किचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी परेकोमा सुशीला शाहीले आधिकारिकता पाएकी छन् ।

लम्कीचुहा नगरपालिकाको मेयरमा कांग्रेसका शाही र भक्तबहादुर थापाले उम्मेदवारी दिएका थिए । दुवैले आफू आधिकारिक रहेको बताए पनि निर्वाचन अधिकृतले भने शाहीलाई आधिकारिकता दिँदै भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरेको हो ।

यस्तै नेकपा माओवादी केन्द्रका धिरेन्द्र रावलको पनि उम्मेदवारी रद्ध भएको छ । उनीहरु दुवैजनालाई पार्टीले आधिकारिक नरहेको जानकारी दिएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए ।

यस्तै आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धनले कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार अघि सारेको छ । गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी जानकीकुमारी सिँह उम्मेदवार रहेका छन् । दलहरुले प्रमुख र उपप्रमुखमा दावी गरेका अन्य व्यक्तिहरुलाई फिर्ता बोलाउने सहमति गरेका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट