Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्यालमा नेपाली काङ्ग्रेसका उम्मेदवारद्धारा उम्मेदवारी दर्ता

  • कैलाली दर्पण
  • मङ्लबार, बैशाख १३, २०७९
मोहन्यालमा नेपाली काङ्ग्रेसका उम्मेदवारद्धारा उम्मेदवारी दर्ता

बौनिया/यहि बैशाख३० गते हुने स्थानिय तहको निर्वाचनको लागी कैलालीको मोहन्याल गाउपालिकामा नेपाली काङ्ग्रेसकाबाट  अध्यक्षमा रबि कुमारी राना मगर ,उपाध्यक्षमा कमल बहादुर साउदले उम्मेदवारी दर्ता गरायका छन् ।

सोमबार उनिहरुले पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन ।

यसैगरी वडा अध्यक्षहरुमा वडा नम्बर १ मा प्रेमबहादुर बुढा ,२ मा भिम बहादुर तंलामी मगर ,३ मा नन्दाराम गिरी, ४ मा काशी राम थापा, ५ मा प्रवीण घर्तिमगर ६ ,मा नारायण जैसी, ७ मा नवराज कठायत रहेका छन ।

तीन दलित गठबन्धनमा अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेपाली काङ्ग्रेस लाई भाग परेको छ। दलिय गठबन्धनमा सहमति नजुटे पछि आ आफ्नो पार्टी बाट उम्मेदवार दर्ता गरेका छन ।

सहमतिको प्रयास जारी राखेको नेपाली काङ्ग्रेस मोहन्यालले जानकारी दिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट