बौनिया/यहि बैशाख३० गते हुने स्थानिय तहको निर्वाचनको लागी कैलालीको मोहन्याल गाउपालिकाको अध्यक्षमा माओवादिकेन्द्र बाट देविदत्त उपाध्याय र उपाध्यक्षमा तुलसी पुरीले उम्मेदवारी दर्ता गरायका छन् ।
सोमबार उनिहरुले पालिकाको निर्वाचन अधिकृतको कार्यालय खिमडीमा पुगेर उम्मेदवार दर्ता गराएका हुन ।
यसैगरी वडा नम्बर१ को वडा अध्यक्षमा गणेश बुढा मगर ,२ मा जय प्रकाश मल्ल ,३ मा जङ्ग बहादुर बगाले ,४ मा बम बहादुर बुढा, ५ मा छबिलाल हौजाली मगर ६ ,मा कृष्ण कुमार बोहरा र ७ ,मा प्रेम प्रशाद जैसीले उम्मेदवार को मनोनयन पत्र दर्ता गरेका छन ।
तीन दलिय गठबन्धन सहमति नभएकोले पुनःआज बस्ने बताएको छ।