Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्किचुहामा एउटै पदमा एकै पार्टी का दुई उम्मेदवार

  • कैलाली दर्पण
  • सोमवार, बैशाख १२, २०७९
लम्किचुहामा एउटै पदमा एकै पार्टी का दुई उम्मेदवार

बौनिया/ यहि बैशाख३० गते हुने स्थानिय तहको निर्वाचनको लागी लम्किचुहा नगरपालिकाको मेयरका लागी काँग्रेसबाट भक्तबहादुर थापा र शुशीला शाहीलेने उम्मेवारी दर्ता गराएका छन् ।

सोमबार उनिहरुले पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका  लम्कीका निर्वाचन अधिकृत हिरालाल चौधरीले नेपाली काँग्रेसबाट दुबैजनाले  नगरप्रमुखकालागि उम्मेदवारी दर्ता गरेको जानकारी दिए।

कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले पार्टीले जसलाई आधिकारिक मान्छ उसले चुनाव लड्न पाउने बताए।

दुवैले पार्टीबाट प्राप्त टिकट सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कांग्रेस लम्कीभित्र तरङ्ग पैदा भएको छ। अहिले आधिकारिक को भन्ने प्रश्न उब्जिएको छ। पार्टीले आधिकारिक मानेको व्यक्ति रुख चुनाव चिन्हबाट चुनाव लडछन्,‘अर्को उम्मेदबार स्वतः स्वतन्त्र हुन्छ उनले भने। शुशीला शाहीलाई पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले र भक्त थापालाई प्रदेश सभापति वीरबहादुर बलायरले टिकट दिएको बताइएको थियो।

यता कैलाली काँग्रेसका जिल्ला सभापति नारायणदत्त भट्टले भने शुशीला शाही नै आधिकारिक उम्मेदवार भएको बताएका छन्। यस्तै जिल्ला सचिव नृप सुनारले भने भक्तबहादुर थापा मेयरको आधिकारिक उम्मेदवार भएको बताइरहेका छन्।

 

सम्बन्धित समाचार
ताजा अपडेट