Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

समाजबादी बर्दगोरियाको अध्यक्षमा अधिकारी

  • निरमला शाही
  • बिहिबार, पुस २९, २०७८

बौनिया / /कम्युनिस्ट पार्टी एकीकृत समाजवादी बर्दगोरियाको अध्यक्षको जिम्मेवारी लक्षिराम अधिकारीलाई तोकेको छ।

गत सनिवार बर्दगोरियामा भएको एक आम भेलाबाट अधिकारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरियको समाजवादि बर्दगोरिया गाउपालिका इञ्चार्ज दमन चन्द सोडारिले जानकारी दिनु भएको छ । करिब ५०० जना पार्टी कार्यकर्ता को सहभागिता रहेको प्रथम पालिका भेलाले उपाध्यक्षमा मीन बहादुर बम, सचिवमा मीन ओड र उपसचिवमा नवीन वडुवाल लगायत ५२ सदस्यीय गाउकार्य समिति गठन गरिएको अध्यक्ष अधिकारी ले जानकारी दिनु भएको छ ।

अध्यक्ष अधिकारीका अनुुसार आफ्नो पार्टिले वडा र टोल कमिटि को गठन कार्यलाई तिब्रता दियको बताउदै आगामी स्थानीय तहको निर्वाचनमा पार्टिले जनताको हक र अधिकारको कुरा लाई बुलन्द रुपमा उठाउदै ससक्त रुमा अघि बड्ने जानकारी दिनुभएको छ । अध्यक्ष अधिकारी का अनुसार समाजवादी को संगठन बर्दगोरियाका ६ मध्ये ५ वडामा निर्माण सम्पन्न भैसकेको र अब वडा नम्बर ६ मा मात्र निर्माण कार्य बाकि रहेको र त्यसले चाडै पुर्णता पाउने जानकारी दिनु भएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट