Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेकपा एमाले कैलालीले पालिका इन्चार्ज तोक्यो

  • कैलाली दर्पण
  • मङ्लबार, चैत्र २९, २०७८
नेकपा एमाले कैलालीले पालिका इन्चार्ज तोक्यो

बौनिया/ नेकपा एमाले कैलालीको आज बसेको सचिवालय बैठकद्वारा पालिकाहरुको इन्चार्जको टुंगो लगाएको छ ।आज धनगढीमा बसेको एमाले कैलाली जिल्ला सचिबालय बैठकले, धनगढी नगर इन्चार्जमा चुडामणी भट्ट,गोदावरी नगर इन्चार्ज आनन्द भट्ट,घोडाघोडी नगर इन्चार्जमा लक्ष्मी चौधरी,लम्कीचुहा नगर इन्चार्जमा दुजराम चौधरी,भजनी नगर इन्चार्जमा हर्क बुढा,टीकापुर नगर इन्चार्जमा खडक साउद र गौरिगंगा नगरमा जुद्ध साउदलाई इन्चार्जको जिम्मा दिएको छ।

त्यस्तै मोहन्यल गाउँपालिकाको इन्चार्जमा खर प्रसाद अधिकारी,बर्दगोरिया गाउँपालिकाको इन्चार्जमा पदमपुरा साउद,जानकि गाउँपालिका इन्चार्जमा ललित परियार,चुरे गाउँपालिकाको इन्चार्जमा नरबहादुर तामा र जोशिपुर गाउँपालिकामा गणेश पाठकलाई एमाले कैलालीले इन्चार्जको जिम्मा दिएको एमाले कैलाली अध्यक्ष रतन थापाले जानकारी दिनु भएको छ ।

यस्तै कैलाली क्षेत्र नम्बर २ को इन्चार्ज दल बहादुर बिस्ट ,प्रदेश क को इन्चार्ज नेत्र प्रशाद खनाललाई तोकेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट