Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बौनिया बजारमा ढल निकासको सर्वे गरियो

  • कैलाली दर्पण
  • मङ्लबार, चैत्र २९, २०७८
बौनिया बजारमा ढल निकासको सर्वे गरियो

बौनिया/ आज कैलालीको बर्दगोरिया गाउँपालिकाको मुख्य बजार सडकपुर बौनियाँमा ढल निकासका लागी सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरको प्राविधिक टोलीले मङ्गलवार स्थलगत रूपमा अवस्थाको जाँच बुझ गरेको छ ।

हामीले यहाँको अवस्था बुझ्यौ । अव कार्यालयमा पुगेर यसको लागत अनुमान तयार गर्छौ अनि मात्रै सबै कुराको टुङ्गो लाग्ने छ । सके सम्म आयोजना दिगो हुने गरी ६ लेन सडकलाई आधार बनाएर नाला निर्माणको काम अघि बढाउँछौ । नाला सडक भन्दा केही तल हुने गरी निर्माण गर्नु पर्ने स्थानीयहरूले माग गरेका छन् । त्यसो गरेमा हाल स्थानीयका घर अघि सडक भन्दा अग्लो हुने गरी पटानी गरिएको माटो हटाउनु पर्ने छ ।

यसका साथै बजारको ढल पूर्वमा बौनियाँ नाला र पश्चिममा राजकुला अथवा काँडा नदीमा मिसाउनु पर्ने स्थानीयको सुझाव छ । । डिभिजन कार्यालयका इन्जिनियर गणेश बुढाले भने,… “हामीले यहाँको अवस्था बुझ्यौ । अव कार्यालयमा पुगेर यसको लागत अनुमान तयार गर्छौ अनि मात्रै सबै कुराको टुङ्गो लाग्ने छ । सके सम्म आयोजना दिगो हुने गरी ६ लेन सडकलाई आधार बनाएर नाला निर्माणको काम अघि बढाउँछौ ।” नाला सडक भन्दा केही तल हुने गरी निर्माण गर्नु पर्ने स्थानीयहरूले माग गरेका छन् । त्यसो गरेमा हाल स्थानीयका घर अघि सडक भन्दा अग्लो हुने गरी पटानी गरिएको माटो हटाउनु पर्ने छ ।

यसका साथै बजारको ढल पूर्वमा बौनियाँ नाला र पश्चिममा राजकुला अथवा काँडा नदीमा मिसाउनु पर्ने स्थानीयको सुझाव छ । बजारमा ढल निकास नहुँदा स्थानीयवासी डुबानको समस्यामा पर्ने गरेका छन् भने पूर्वपश्चिम महेन्द्र राजमार्ग समेत बिग्रिँदो अवस्थामा छ । यसका लागी स्थानीयहरूको साथ महत्त्वपूर्ण हुने सङ्घीय सांसद झपटबहादुर रावल बत्ताउँछन् । बौनिया बजारमा यस अघि दुई पटक सम्म राजमार्ग मर्मत गर्न लगाइयो । उनले भने,“नाला नहुँदा सडक जति मर्मत गरे पनि नहुने देखियो ।

त्यसमा स्थानीयहरू समेत मन मर्जी रूपमा पाटो पटानी गरेर पानीलाई सडकमा डो¥याएको पाइयो । त्यसैले ढल निकासका लागी योजना अघि बढाएको हु ।” बजार क्षेत्रमा नाला सँगै ६ लेन सडकलाई आधार बनाएर सडक पेटी निर्माणको काम पनि अगाडि बढाउनुपर्ने स्थानीय माग गरेका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट