बौनिया / कैलालीको मोहन्याल गाउपालिका पञ्जिकरण शाखा खिमडी कैलालीको आयोजना मंगल बार बौनियामा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सम्बन्धि २ दिने अभिमुखिकरण तालिम सुरु गरिएको छ।
पञ्जिकरण शाखा प्रमुख भद्र प्रशाद अधिकारीको सभापतित्व भएको कार्यक्रममा कार्यवाहक अध्यक्ष पुजा बुढा मगरले ब्यानर वाचन गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्की ,वडा नम्बर २ का वडा अध्यक्ष देविदत्त उपाध्याय ,वडा नम्बर ३ का वडा सचिव तेजबहादुर शाहले शुभकामना मनतब्य राख्नु भएको थियो।
,अन लाइन प्रबिधि द्वारा गरिने रास्टिय परिचय पत्र तथा पन्जिकरण बिभाग अन्तरगतका ब्यक्तिगत घटना तथा सामाजिक सुरक्षाको अभिलेख प्रभावकारी,कार्यदक्षता र सूचनाको सहि पहिचान र संकलन गरि दर्ता प्रणालीअनुसार एकरुपता ल्याउउनु पर्नेमा जोद दिदै कर्मचारीले आफ्नोको क्षमताको बिकास गर्नु पर्ने प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्किले बताउनुभयो ।

सोहि कार्यक्रममा अतिथी हरुलाइ स्वागत मनतब्य पञ्जिकरणका फिल्ड सहायक कृष्ण प्रशाद आचार्यले गर्नु भएको थियो ।भने कार्यक्रमको सहजिकरण सुब्बा टिकाराम पौडेल र पञ्जिकरण शाखा प्रमुख भद्र प्रशाद अधिकारीले गरेका थिए ।
उक्त कार्यक्रममा वडा सचिव ,जनप्रतिनिधि ,बैंकका शाखा प्रबन्ध सहित ३५ जनाको सहभागीता रहेको थियो र कार्यक्रमको संचालन फिल्ड संयोजक रतन माझीले गर्नु भएको हो ।
।