बौनिया/ सरकारले स्थानिय तहको निर्वाचनका लागी बैशाख ३० गते देशभर एकै चरणमा गर्ने निर्णय गरेसंगै कुन पार्टिबाट को उमेम्दार बने्र भने्र चर्चाले तिब्रता पाएको छ । यस्तै कैलालीको बिभिन्न पालिकाहरुमा पनि पछिल्लो समय चुनाव केद्रित भेटघाट र छलफलका गतिविधिहरुले तिब्रता पाएका छन्र ।
यस्तै कैलालीको दुर्गम पहाडी मोहन्याल गाउपालिका वडा नम्बर वडा नं २ मा नेकपा (माओवादी केन्द्र) बाट वडा अध्यक्ष पदमा ५ जनाले उम्मेदवारका आकान्क्षी देखीएका छन् ।
आकांक्षी हरुमा वडा नं २ बाट वडा इन्चार्ज यम गिरि ,सह इन्चार्ज शंकर शाही(प्रशान्त) , सह इन्चार्ज वीर ब शाही, वडा कमिटी अध्यक्ष जयप्रकाश मल्ल , वडा कमिटी उपाध्यक्ष ,र बिमल दर्लामी रहेका छन