बौनिया \ कैलालीको लम्किचुहा नगरपालिका वडा नं.१० चुहा कैलाली क्षेत्र अन्तर गत रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, र अव्यवस्थित बसोबासि का लागि एलानी प्रति जग्गाको नाप जाँचको कार्य बिधिवत रूपमा नगर प्रमुख महादेव बजगाइले उदघाटन गर्नु भएको छ।
वडा अध्यक्ष हर्कबहादुर कठरियाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख महादेव बजगाइ बिशिस्ट अतिथी उप प्रमुख टीका थापा ,नेकपा एमालेका नगर कमिटी उप सचिव टेकबहादुर खडका ,नेपाली काङ्ग्रेसका महाअधिवेसन प्रतिनिधि रंग बहादुर सुनार नेकपा माओवादी केन्द्र प्रतिनिधि धिरेन्द्र बहादुर कार्की रास्टिय जनमोर्चाका जिल्ला कमिटी उपाध्यक्ष मिलन शाही नेकपा एकीकृत समाजबाद्रीका कमान सिह खडकाले लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो।
१० नम्बर वडामा भुमिहिन दलित ५८ घर भुमिहिन ९१ घर अव्यवस्थित ५ सय ६७ घर परिवार अधिराज्य भर घर जग्गा नभएका २२ जना नियन्त्रण बिन्दु १२ बटा कित्ता सहित ९ सय ७६ सहित नगरपालिका का १० वटै वडाका १७ हजार २ सय ३३ घर परिवारले जग्गाको लालपुर्जा पाउने भएका छन् ।

चैत्र १ गते वडा नम्बर ५ बाट सुरु भएको शुराम्भ कार्यक्रम आज वडा नम्बर १० मा सकियको छ। आफुले २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयर उप मेयर लगायत उम्मेदवारको चुनावी घँषणा पत्र अनुसार आफ्नो प्रतिबद्धता पूरा गरेको बताउनुभयो ।
उक्त कार्यक्रमको संचालन पुरन बिक ले गर्नु भएको थियो। स्वागत मनतब्य लम्किचुहा भुमी आयोग का संयोजक बिरेन्द्र शाहीले गर्नु भएको थियो।