Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाल रेडक्रस सोसाइटी पण्डौन उपशाखाको सभापतिमा -देवकोटा

  • कैलाली दर्पण
  • आइतवार, चैत्र ६, २०७८
नेपाल रेडक्रस सोसाइटी पण्डौन उपशाखाको सभापतिमा -देवकोटा

बौनियाँ/  नेपाल रेड्क्रस सोसाइटी पण्डौन उपशाखाको छैठौं अधिवेशन समपन्न भएको छ।

शनिबार मोहन्याल ४ खिमडीमा , नेपाल रेडक्रस सोसाइटी पण्डौन उपशाखाको छैटौं  अधिवेशन शाखा सभापति प्रेमबहादुर बुचामगरको  सभापतित्वमा  समपन्न भएको कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गा.पा. कि कार्यवाहक अध्यक्ष पुजा देबि बुढा मगर  रहनु भएको थियो ।

अधिवेशन बाट  सभापतिमा कमल देवकोटा निर्विरोध निर्वाचित भएका छन् । उप सभापति सुमित्रा देवी बुचामगर, भक्त प्रसाद भण्डारी सचिव चक्र बहादुर रास्कोटी, कोषाध्यक्ष खिम राज गौतम, उपसचिव घनश्याम न्यूरे र उपकोषाध्यक्ष ईन्द्रा देवी बोहरा  चयन गरेको छ ।

यस्तैगरी महिला सदस्य लसिराम बुढामगर सदस्य कमल प्रसाद शर्मा सदस्य खडक बहादुर रावल सदस्य फिम बहादुर सुवेदी कार्यसमिति सर्वसहमत निर्वाचित भएको छ।

 

 

 

 

 

 

सम्बन्धित समाचार
ताजा अपडेट