Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

भजनीका को-को हुन सम्भावित चर्चामा रहेका उपमेयरका उमेदवारहरु?

  • कैलाली दर्पण
  • शनिबार, चैत्र ५, २०७८
भजनीका को-को हुन सम्भावित चर्चामा रहेका उपमेयरका उमेदवारहरु?

बौनिया/  नेपाल एक लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र भएकाले स्वतन्त्रताको अधिकार छ । नेपालको संविधान २०७२ को भाग ३ को धारा १७ मा स्वतन्त्रताको हक भनी मौलिक हकका रुपमा उल्लेख समेत गरिएको छ । जसले गर्दा कसैलाई पनि कानुनले बन्देज लगाएका बाहेक अन्य सबै कुरामा स्वैच्छिक स्वतन्त्रता छ ।

नेपालमा पछिल्लो समय बढ्दो राजनीतिक आकर्षणले गर्दा पनि होला, सबैको ध्यान राजनीति तर्फनै देखिन्छ । राजनीति नपसेको सायदै ठाउँ नहोला । विशेष गरी देशमा गणतन्त्र आइसकेपछि २०७४ मा भएको पहिलो स्थानीय निर्वाचन पछि राजनीति तिर जनलहर नै उर्लेको छ ।

आसन स्थानीय तह निर्वाचनको मिति आयोगले आउँदो बैशाख ३० गतेलाई तोकिसकेको छ । जस अनुरुप देशमा रहेका राजनीतिकदल यति खेर निकै दौड धुपमा रहेका छन् । कसरी निर्वाचनमा जाने ? कसरी आफ्नो पार्टीलाई पहिलो बनाउने ? दलका शिर्ष नेताहरुको ध्यान को सँग चुनावी तालमेल गर्ने ? भन्ने विषयमा नै लागि परेका छन् । जसरी हुन्छ आफ्नो पार्टीलाइ पहिलो कसरी बनाउने भन्ने दौडानमा छन सबै दलहरु ।

यति खेर चुनावको बेला बाहेक अरु बेला नदेखिने नेताहरु गाउँ घरमा आएको सजिलै देख्न सकिन्छ । नेता कार्यक्रता विच भेटघाट बाक्लिएको छ । जनतालाइ कसरी आफु तिर आकर्षित गर्न सकिन्छ भन्ने पक्षमा नेता कार्यक्रता लागि परेका छन् ।

वास्तबमै भन्ने हो भने यति खेर गाउँ घर निर्वाचनमय बनिसकेका छन् । चुनावमा को उठ्ने ? को वस्ने ? कसलाए जनताले रुचाउँछन ? यस विषयले निकै चर्चा पाइरहेको छ । अझ भन्दा राजनीतिक दल पनि निर्वाचनमा तल्लीन देखिन्छन । स्थानीय तहको नै निर्वाचन भए पछि स्थानीयमा माहोल नतात्ने त कुरै भएन ।

निर्वाचन आयोगले शक्रबार बैशाख ११ र १२ गते मनोनयन दर्ताको मिति समेत तय गरिसकेको छ । यसले झन् नेता÷कार्यक्रतामा उत्साह समेत थपिएको छ । यस्तै, कैलाली जिल्लाको भजनी नगरपलिकामा समेत चुनावी रौनकले माहोल निकै तातिएको देखिन्छ । प्रत्याशीहरुका नाम यतिबेला निकै चर्चामा रहेका छन् । एक किसिमले भन्ने हो भने त्यहाँको माहोल नै फरक देखिन्छ ।

सो ठाउँमा शीर्ष राजनीतिक दलदेखि लिएर अन्य सानादलले समेत आफ्नो वर्जस्व कायम गरेका छन । आफ्ना संगठन विस्तारलाइ तिव्रता दिइरहेका छन् । टोल,गाउँ,वडा हुँदै नगर सम्म संगठनलाइ पूर्णता दिन दलहरु दौड धूप गरिरहेका छन् । को हुन त भजनी नगरपालिका उपमेयरका प्रत्याशी अर्थात चर्चामा रहेका उमेद्धवारहरु ? चु्नावी माहोलले गाउँ सहर तताइ रहेका वेला दलहरु आन्तरिक तयारीमा जु्ट्नु खासै ठुलो कुरा हैन् । कसलाइ टिकट दिने भनेर तयारी गर्नु सामान्य कुरा नै हो ।

यस्तै भजनीमा नेपाली कांग्रसबाट सर्वाधिक चर्चामा रहेकी प्रत्याशीहरु समिता जैशी,भागरती चौधरी र रामकुमारी चौधरी हुन । यता नेकपा एमालेबाट भने हाल पनि उपमेयर रहेकी छायाँ देवकोटा एक्लि प्रत्याशी हुन् । उनको मात्र चर्चा रहेको छ बजारमा हाल सम्म ।

यस्तै हाल सो नगरपालिकामा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रबाट हाल कार्यपालिका सदस्य समेत रहनु भएकी कमला ज्ञवाली र सीता डगौराको नाम बढी मात्रामा चर्चामा रहेको छ । को नाम बढी मात्रामा चर्चामा रहेको छ ।

सुदुरका सबै जिल्लामा आफ्नो संगठन विस्तार नभए पनि कैलालीमा भने आफ्नो राम्रो प्रभाव पार्दै आएको जनता समाजवादी पार्टीबाट कमला ढुंगाना जैशी एक्लि प्रत्याशी रहनु भएको छ ।

यस्तै पछिल्लो समय आफ्नो संगठनलाइ तिव्र विस्तार गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जय रानी चौधरी चर्चामा रहनु भएको छ । नेपालको संविधानमा नै कुनै पनि ठाउँ एउटा अर्थात एक पदमा महिला अनिवार्य भनेर तोकेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट