Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाल बटाला सांस्कृतिक उत्थान समाजको अध्यक्षमा धर्मसिंह बटाला सर्वसम्मत

  • कैलाली दर्पण
  • आइतवार, कार्तिक ९, २०८३
नेपाल बटाला सांस्कृतिक उत्थान समाजको अध्यक्षमा धर्मसिंह बटाला सर्वसम्मत
Oplus_16908288

बौनिया। नेपाल बटाला सांस्कृतिक उत्थान समाजको केन्द्रीय अध्यक्षमा धर्मसिंह बटाला सर्वसम्मत निर्वाचित हुनुभएको छ।

कैलालीको टीकापुरमा आयोजित समाजको १०औँ निर्वाचन साधारण सभाबाट बटालाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो।

गौतम गोत्रीय बटालाहरूको पारिवारिक संस्थाका रूपमा रहेको समाजको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्ण बटाला, सचिवमा उपेन्द्र बटाला, सहसचिवमा रमेश बटाला र कोषाध्यक्षमा भावना बटाला चयन हुनुभएको छ।

त्यसैगरी, सदस्यहरूमा ध्वजबहादुर बटाला, ललिता बटाला, उदय बटाला र तेजबहादुर बटाला चयन हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले समाजको सांस्कृतिक पहिचान संरक्षण, आपसी एकता र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट