Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियाका ३१ परिवारलाई क्रिया खर्चबापत जनही १० हजार रुपैयाँ वितरण

  • कैलाली दर्पण
  • बुधबार, अशोज २८, २०८३
बर्दगोरियाका ३१ परिवारलाई क्रिया खर्चबापत जनही १० हजार रुपैयाँ वितरण

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले मृत्यु भएका व्यक्तिका परिवारलाई क्रिया खर्चबापत जनही १० हजार रुपैयाँका दरले आर्थिक सहयोग वितरण गरेको छ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर, प्रमुख प्रशासकीय अधिकृत धर्मबहादुर थारु र वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारुले पालिकाभित्रका ३१ घरपरिवारलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। गाउँपालिकाले यस कार्यक्रमअन्तर्गत कुल ३ लाख १० हजार रुपैयाँ वितरण गरेको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कुँवरले शोकमा रहेका परिवारलाई दुःखद् घडीमा केही राहत पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराइएको बताउनुभयो।

उहाँले गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खानेपानीलगायतका क्षेत्रमा विभिन्न काम अघि बढाएको उल्लेख गर्दै बौनिया बजार क्षेत्रमा सडक चौडा गर्ने तथा सडक कालोपत्रे गर्ने कामसमेत भइरहेको जानकारी दिनुभयो।

गाउँपालिकाले मृत्यु संस्कारका बेला परिवारलाई आर्थिक भार कम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले क्रिया खर्चबापतको रकम वितरण गरेको जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट