नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पुर्वसभापति शेरबहादुर देउवा पक्षिय काङ्ग्रेसको पालिका अधिबेशन भोलि असोज २० गते हुने भएको छ ।
सोही क्रममा बर्दगोरिया गाउँपालिका अधिवेशनलाई सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता कमलबहादुर शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको बर्दगोरिया संयोजक प्रमोद मल्लले जानकारी दिनुभएको छ।
अधिवेशन बिहान ११ बजे बौनिया बजार व्यवस्थापन समितिको हलमा आयोजना हुने जनाइएको छ।
अधिवेशनमा कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता रहनेछ। अधिवेशनबाट गाउँपालिका तहमा नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिबारे छलफल हुने बताइएको छ।
यसैगरी क्षेत्रीय अधिबेशन असोज २३ गतेहुने कार्यतालिका रहेको छ।