Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जगदम्बिके भगवती माविको सामाजिक लेखा परीक्षण सम्पन्न

  • कैलाली दर्पण
  • बिहिबार, अशोज १५, २०८३
जगदम्बिके भगवती माविको सामाजिक लेखा परीक्षण सम्पन्न

बौनिया/ कैलालीको बर्दगोरिया गाउँपालिका–३ मा रहेको जगदम्बिके भगवती माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ।

विद्यालयले बिहीबार एक कार्यक्रमको आयोजना गरी सामाजिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो।

शिक्षक–अभिभावक संघका अध्यक्ष गोविन्दबहादुर बुढा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका–३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि तथा शिक्षा शाखा प्रमुख नन्दाकुमारी भट्ट विशिष्ट अतिथि रहनु भएको थियो।

कार्यक्रममा विद्यालयका कार्यवाहक प्रधानाध्यापक भूपेन्द्र रास्कोटीले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनअनुसार विद्यालयको कुल आम्दानी तथा खर्चतर्फ १ करोड ४६ लाख १७ हजार ९ सय ८० रुपैयाँ बराबरको विवरण प्रस्तुत गरिएको छ। सोमध्ये ३० लाख ६४ हजार ५ सय ५४ रुपैयाँ मौज्दात रहेको जनाइएको छ।

विद्यालयका सहायक प्रधानाध्यापक जयकृष्ण देवकोटाले स्वागत गरेको कार्यक्रममा एनटीबीएस विद्यालयका संस्थापक नवराज टमट्टा र समाजसेवी नन्दराम बिष्टले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरी, वडा सदस्य भावना विक, बसन्ती साउदलगायत स्थानीय अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन शिक्षक गणेश नेपालीले गरेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट