बौनिया / कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ५ को खड्का टोल बाट जग्गा नापको नक्सांकनको काम सुरु गरिएको छ।
(मंगलबार) लम्कीचुहा नगरपालिका वडा नं ५ को खड्का टोलबाट जग्गा नापको उद्घाटन नगर प्रमुख महादेव बजगाईँले गर्नु भएको छ। । नाप नक्सांकन कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख बजगाईँले आफूले २०७४ साल को स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको उम्मेदवार को क्रममा जनता माझ गरेको प्रतिवद्धता पूरा गर्न लागको बताउनु भएको छ।

त्यस्तै नगर प्रमुख बजगाईँले जनताले लालपूर्जा कुरामा सबैले सहयोग गर्नु पर्ने बताउनु भएको छ। । ‘आफ्नो कार्यकालमा थुप्रै काम गरेको छु । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएका छौं ।
भूमिहीनहरूलाई लालपूर्जा दिन सकिदैन की भन्ने चिन्ता थियो, त्यो चिन्ता हटेको छ ।’ मेयर बजगाईँले भने, ‘एकथरी चुनावको मुखमा काम गरेको भन्ने आरोप लगाएका छन् भने अर्को थरीले मेयर बजगाईँलाई पैसा चाहिएकोले काम गरेको आरोप लगाएका छन् ।
हामीले फाराम संकलन तथा निस्सा वितरण सम्म नगरवासीबाट कुनै पनि शुल्क लिएका छैनौँ । जनताले लालपूर्जा पाउने कुरामा विना अर्थको आरोप लगाउने भन्दा पनि सबैले सहयोग गर्नु आवश्यकता छ ’ त्यस्तै वडा नं ५ की अध्यक्ष माया बिष्टले भूमिहीनको लामो समय देखिको समस्या समाधान हुन लागेको बताइन् ।
‘विगतका बर्ष देखि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासिहरुले झेल्दै आएका समस्याको समाधान हुन छ ।’ अध्यक्ष बिष्टले भनिन्, ‘पहिलो चरणमा जग्गाको नापनक्सा र निस्सा दिने कार्य भएको हुँदा लालपूर्जा पाउने कुरामा ढुक्क हुन आग्रह गर्दछु ।’ राष्ट्रिय भूमि आयोगको स्थानीय सेवा केन्द्र लम्कीचुहाका संयोजक बिरेन्द्र शाहीले पहिलो चरणमा तीन वडामा जग्गा नापको काम सुरु हुने कार्यक्रम अनुसार आज वडा नं ५ मा भएको बताउनुभयो ।

साथै, संयोजक शाहीले अब वडा नं २ र वडा नं ४ त्यसपछि वडा नं ३ मा नापको काम सम्पन्न गर्न दुई महिनाको समय लाग्ने जानकारी दिए । वडा नं ५ मा एघार सय २१ कित्ता नाप जाँच गर्नु पर्ने छ ।
यस वडामा भूमिहीन दलितका एक सय ६१, भूमिहीन सुकुम्बासीका दुई सय १८ र अव्यवस्थित बसोबासीको सात सय ४२ परिवार गरि जम्मा चौध सय ८५ ले फाराम भरेका थिए ।
लम्कीचुहा नगरपालिकामा १७ हजार दुई सय ३३ ले फाराम भरेका छन् । कार्यक्रम वडा अध्यक्ष माया बिस्ट्को सभापति तब भएको कार्यक्रम राजनीति दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।