Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलाली–२ को सहसचिवमा धीरज खत्रीको उम्मेदवारी,अघि सारे ९ बुँदे कार्ययोजना

  • कैलाली दर्पण
  • आइतवार, अशोज ११, २०८३
कैलाली–२ को सहसचिवमा धीरज खत्रीको उम्मेदवारी,अघि सारे ९ बुँदे कार्ययोजना

बौनिया/ नेपाली कांग्रेसका विद्यार्थी नेता धीरज खत्रीले कैलाली क्षेत्र नं. २ बाट क्षेत्रीय सह-सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

लम्कीचुहा नगरपालिका–६ बाट युवा क्षेत्रीय प्रतिनिधिमा चयन भएका खत्रीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर-२ को सहसचिव पदका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

उनले नेपाली कांग्रेस अहिले नयाँ चुनौती र बदलिँदो राजनीतिक परिस्थितिबीच अघि बढिरहेको उल्लेख गर्दै पार्टीलाई थप गतिशील बनाउन युवा पुस्ताको भूमिका महत्वपूर्ण हुने धारणा राखेका छन्।

खत्रीले आफ्नो उम्मेदवारीसँगै पार्टी संगठनमा युवाको अर्थपूर्ण सहभागिता, नेतृत्व विकास तथा संगठनलाई थप सुदृढ र गतिशील बनाउने उद्देश्यसहित ९ बुँदे प्रस्तावित कार्ययोजना सार्वजनिक गरेका छन्।

खत्रीले ‘युवाको शक्ति, परिवर्तनको प्रतिबद्धता’ भन्ने नारासहित पार्टी संगठनमा युवाको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

धीरज खत्रीको प्रस्तावित ९ बुँदे कार्ययोजना :

१. जनमुखी नेतृत्व र युवा प्रतिनिधित्व सुदृढ बनाउने
२. विधि, विधान र आदर्श स्थापना गर्ने
३. सुदृढ र गतिशील संगठन निर्माण गर्ने
४. सामाजिक न्याय र सुशासन प्रवर्द्धन गर्ने
५. विकासमा युवाको रचनात्मक सहभागिता बढाउने
६. युवा सहकार्य र समन्वयलाई प्राथमिकता दिने
७. समुन्नत र समावेशी लोकतन्त्रको रक्षा गर्ने
८. सूचना, सञ्चार तथा प्रविधिको प्रयोग बढाउने
९. खुला लोकतान्त्रिक अभ्यासको प्रवर्द्धन गर्ने

खत्रीले सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, वडा सभापति, अग्रज नेतृत्व तथा परिवर्तनको नेतृत्व गर्ने सम्पूर्ण नेता–कार्यकर्तालाई सहयोगका लागि अपिल गरेका छन्।

सम्बन्धित समाचार
ताजा अपडेट