Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्यालकी कार्यवाहक अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

  • कैलाली दर्पण
  • सोमवार, फाल्गुन ३०, २०७८
मोहन्यालकी कार्यवाहक अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

बाैनिया/ कैलालीको मोहन्याल गाउँपालिका उपाध्यक्ष पुजादेवी बुढा मगर माओवादी( केन्द्र) मा प्रवेश गर्नु भएको छ।
सोमबार धनगढीमा आयोजित माओवादीको प्रदेश स्तरीय भेलामा बुढा मगर माओवादी अध्यक्ष प्रचण्डको हातबाट अबिर आवरण गरि माओवादीमा प्रवेश गर्नु भएको हो।

बुढा मगर स्थानीय तहको निर्वाचनना एमालेबाट उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो। एमाले बिभाजित भएको बेला उहाले एकीकृत समाजवादी पार्टी रोज्नु भएको थियो।

मोहन्यल गाउँपालिकाका अध्यक्ष नवलसिँह रावलको निधन पश्चात् पुजा बुढा मगर गाउँपालिकाको कार्यबाहक अध्यक्षको रुपामा हुनुहुन्छ। बुढा मगर एकीकृत समाजवादीको कैलाली जिल्ला सदस्य हुनुहुन्थ्यो । कार्यवाहक अध्यक्षका सचिवालयको जिम्मेवारी सम्हाल्दै आउनु भएका उहाँका पति बम बहादुर बुढामगर यसअघि नेकपा माओवादीकेन्द्र मोहन्याल गाउँ कमिटी वडा नम्बर ४ को वडा कमिटी इन्चार्जको जिम्मेवार लिइ सक्नु भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट